यो अफर ती व्यक्तिहरूमा मात्र सीमित छ जसले (क) अमेरिकामा आधारित SkyMiles कार्यक्रमको सदस्यको रूपमा दर्ता हुनुभएको छ र उहाँको अमेरिकामा आधारित Uber खाता छ र (ख) Uber एपभित्र आफ्नो SkyMiles खाता र आफ्नो Uber खाता लिङ्क गर्नुभएको छ। माइल कमाउनका लागि तपाईंले (i) आफ्नो Uber एपभित्र कमाउनका लागि आफ्नो प्राथमिक लोयल्टी अफर पार्टनरको रूपमा Delta रोज्नु पर्ने हुन्छ र (ii) योग्य कारोबार गर्नु पर्ने हुन्छ। योग्य कारोबार भन्नाले यहाँ उल्लेख गरिएका माइलेज अफरहरू मध्ये कुनै एक बमोजिम Uber र/वा Uber Eats एप प्रयोग गरी गरिएको पूर्ण कारोबारलाई बुझिन्छ जसमा सो कारोबारका लागि Delta लाई तपाईंको Earning Partner को रूपमा रोजिएको हुनुपर्छ। Delta व्यावसायिक खाताहरू सहभागी हुन योग्य छैनन्।
सवारीहरूका लागि योग्य कारोबारहरूमा माइलेज अफर: लिङ्क गरिएका खाता भएका सदस्यहरू अमेरिकामा निम्न योग्य सवारीहरूका लागि आफ्नो कुल यात्रा भाडामा माइल कमाउन योग्य हुनुहुन्छ: (i) Uber X एयरपोर्ट सवारीमा खर्च गरिएको कुल सवारी शुल्कको प्रति $1 USD बराबर 1 माइल, (ii) Uber XL, Uber SUV, Uber Comfort र Uber Black सवारीमा खर्च गरिएको कुल सवारी शुल्कको प्रति $1 USD बराबर 2 माइल र (iii) Uber Reserve Economy र Uber Reserve Premium सवारीमा खर्च गरिएको कुल सवारी शुल्कको प्रति $1 USD बराबर 3 माइल। “कुल यात्रा भाडा” भन्नाले कुनै पनि प्रोमोसन, छुट, कर, शुल्क, अनिवार्य अतिरिक्त शुल्क र बक्सिस बाहेक योग्य Uber सवारीको सम्बन्धमा लिङ्क गरिएको खाताद्वारा खर्च गरिएको कुल रकमलाई बुझिन्छ। Uber को सेवा उपलब्ध नभएका एयरपोर्ट स्थानहरूमा Uber X एयरपोर्ट सवारीहरू माइल कमाउन योग्य हुने छैनन्। Uber सबै स्थानहरूमा उपलब्ध छैन। सवारीका केही प्रकारहरू वा फेमिली, किशोरकिशोरी वा पाहुना खाताहरूसँग सम्बन्धित प्रोफाइलहरूका लागि केही वर्जित अवस्थाहरू लागू हुन सक्छन् जुन Uber को एकल स्वविवेकमा निर्धारण गरिन्छ। भाडा धेरै यात्रुहरू बिच साझा गरिएको छ भने माइलेज अवार्डको गणना गर्नका लागि योग्य लिङ्क गरिएका खाताहरूले वास्तवमा भुक्तानी गरेको भाडा मात्र प्रयोग गरिने छ; भाडा साझा गर्ने लिङ्क नगरिएका सदस्यहरू प्वाइन्ट कमाउन योग्य हुने छैनन्।
अर्डरहरूका लागि योग्य कारोबारहरूमा माइलेज अफर: लिङ्क गरिएका खाता भएका सदस्यहरू अमेरिकामा $40 USD भन्दा बढीका रेस्टुरेन्ट डेलिभरी र किराना सामान डेलिभरीका अर्डरहरूमा आफ्नो कुल Uber Eats अर्डर रकम (राजश्व, शुल्क, सेवा शुल्क, टिपहरू अन्य गैर-खाद्य/पेय/किराना सामानका शुल्क) को प्रति $1 USD बराबर 1 माइल कमाउन योग्य हुनुहुन्छ। रक्सी र यस्तै अन्य प्रतिबन्धित वस्तुहरू (उदाहरण: गाँजा) पनि माइल कमाउनका लागि योग्य छैनन्। “रेस्टुरेन्ट डेलिभरी” मा Uber Eats मार्फत रेस्टुरेन्ट मर्चेन्टसँग गरिएको कुनै पनि खाना र रेस्टुरेन्ट श्रेणीको अर्डर समावेश हुन्छ। “किराना सामान डेलिभरी” मा Uber Eats मार्फत किराना मर्चेन्टसँग गरिएको कुनै पनि किराना श्रेणीको अर्डर समावेश हुन्छ।
थप सर्तहरू:
यी सर्तहरूका अतिरिक्त तपाईं दर्ता गर्दा देखाइएका कुनै पनि सर्तहरू, Uber का प्रयोगका सर्तहरू र सबै Skymiles कार्यक्रमका नियमहरूको अधीनमा रहनुहुने छ। Uber का प्रयोगका सर्तहरू हेर्नका लागि कृपया uber.com/legal मा जानुहोस्। SkyMiles कार्यक्रमका नियमहरू हेर्नका लागि कृपया delta.com/memberguide मा जानुहोस्।
तपाईंले एउटा Uber खातासँग एउटा मात्र SkyMiles सदस्य खाता लिङ्क गर्न सक्नुहुन्छ; माइल कमाउनका लागि SkyMiles खातावाला व्यक्ति र Uber खातावाला व्यक्ति एउटै हुनुपर्छ र दुवै खाताहरू राम्रो अवस्थामा हुनुपर्छ। तपाईंले आफ्नो Uber खातालाई एक पटकमा एकभन्दा बढी योग्य लोयल्टी अफर वा कार्यक्रमसँग लिङ्क गर्न सक्नुहुन्छ तर तपाईंले एक पटकमा एउटा मात्र Earning Partner रोज्न र माइल कमाउन सक्नुहुन्छ। व्यक्तिगत कारोबारहरू एक पटकमा एउटा मात्र लोयल्टी अफरका लागि योग्य हुन सक्छन् र तिनीहरूलाई एउटैमा मिलाउन मिल्दैन। तपाईंले Uber एपको सेटिङ सेक्सन अन्तर्गत जुनसुकै बेला आफ्नो Earning Partner परिमार्जन गर्न सक्नुहुन्छ। Earning Partner को रूपमा Delta लाई हटाउँदा तपाईंको खाता अनलिङ्क हुने छैन तर तपाईंले Delta लाई पुनः Earning Partner को रूपमा रोजुन्जेलसम्म यस अफर अन्तर्गतका योग्य कारोबारहरूमा माइल कमाउन पाउनुहुने छैन। यदि तपाईं Earning Partners परिवर्तन गर्न चाहनुहुन्छ भने कृपया ध्यान दिनुहोस् कि यस्तो परिवर्तन लागू हुन एक घण्टासम्म लाग्न सक्छ र तपाईंले यस अवधिमा योग्य कारोबारहरूमा माइल कमाउनुहुने छैन। साथै अन्य थप प्रतिबन्धहरू लागू हुन सक्छन्। थप जानकारीका लागि Earning Partner का FAQ हरू हेर्नुहोस्। तपाईं यस अफरमा सहभागी भइरहन चाहनुहुन्न भने तपाईंले जुनसुकै बेला Uber एपमा आफ्नो खाता अनलिङ्क गर्न सक्नुहुन्छ।
आर्जन गरिएका माइलहरूको गणना गर्दा भाडालाई नजिकको डलरमा राउन्ड अप गरिने छ र त्यसपछि कुनै पनि प्रवर्द्धनात्मक अफरको गणना सोही राउन्ड अप गरिएको रकममा गरिने छ। कृपया योग्य गतिविधि पूरा भएको 10 कार्य दिनभित्र माइलहरू SkyMiles खातामा जम्मा हुनका लागि समय दिनुहोस्। माइलहरू बोनस माइलहरू हुन् र यिनलाई Medallion Status वा Million Miler Status मा गणना गरिने छैन। पार्टनर अफरहरू प्रत्येक व्यक्तिगत अफरका सर्तहरूको अधीनमा हुने छन्।
अफरहरू र सम्बन्धित नियम तथा सर्तहरू परिवर्तन हुन सक्छन् र जुनसुकै बेला कुनै सूचना नदिई परिमार्जन, निलम्बन वा समाप्त हुन सक्छन्। कानुनले निषेध गरेको अवस्थामा अफरहरू रद्द हुने छन्। अन्य प्रतिबन्धहरू लागू हुन सक्छन्। योग्यताको निर्णय Uber र Delta को एकल स्वविवेकमा गरिने छ। Uber र Delta ले सबै अफरका गतिविधिहरूको समीक्षा र अनुसन्धान गर्ने अधिकार सुरक्षित राख्छन्। साथै गलत रिवार्डमा परिणाम दिने प्राविधिक समस्या वा त्रुटि, शङ्कास्पद दुरुपयोग, सर्तहरूको उल्लङ्घन वा ठगीका कारण खाताहरू निलम्बन गर्ने वा माइलहरू हटाउने वा संशोधन गर्ने अधिकार सुरक्षित राख्छन्।
तपाईंले आफ्नो जानकारी पेस गरेर र लिङ्क गरिएको खाताका लागि दर्ता गरेर तपाईं यी सर्तहरूमा सहमत हुनुहुन्छ। साथै तपाईंको माइल ट्र्याक गर्ने र तपाईंको SkyMiles खातामा प्रशोधन गर्ने, तपाईंलाई लक्षित अफरहरू पठाउने र तपाईंका Uber सवारीहरूलाई तपाईंका Delta उडानहरूसँग समन्वय गर्नका लागि तपाईंका आगामी उडानका जानकारीहरू Uber लाई पठाउने प्रयोजनका लागि Uber र Delta ले Uber को गोपनीयता सूचना र Delta को गोपनीयता नीति बमोजिम तपाईंको जानकारी प्रयोग वा सेयर गर्न सक्छन् भन्ने कुरामा सहमत हुनुहुन्छ। Uber र Delta ले व्यावसायिक विश्लेषण र अफर सुधारका लागि अज्ञात, एकीकृत डेटा प्रयोग गर्न सक्छन्।
Delta, SkyMiles र Delta लोगो, Delta Air Lines, Inc का दर्ता गरिएका सेवा चिन्हहरू हुन्। Uber वा यसका चालक, कुरियर वा मर्चेन्टहरूले अफर गरेका सामान वा सेवाहरूका लागि Delta जिम्मेवार हुने छैन। Uber र अन्य Uber लोगो, डिजाइन, ग्राफिक्स, आइकन, स्क्रिप्ट र सेवाका नामहरू Uber Technologies, Inc का दर्ता गरिएका ट्रेडमार्क, ट्रेडमार्क वा trade dress हुन्। Delta ले अफर गरेका सामान वा सेवाहरूका लागि Uber जिम्मेवार हुने छैन।
U4B 2X एक्सलेरेटर: Uber for Business अफरको बारेमा थप जानकारी र पूर्ण सर्तहरूको लागि https://www.uber.com/us/en/business/solutions/rides/business-travel/delta/ मा जानुहोस्