Skip to main content

पछिल्लो पटक परिमार्जन गरिएको: २०२६-०८-१२

उबर बी . भी.

राइडरले पालना गर्नुपर्ने नियम तथा शर्तहरु

नेपाल

  1. करारयुक्त सम्बन्ध

यी प्रयोगका सर्तहरू (“सर्तहरू”) नेदरल्यान्ड्समा स्थापना भई Burgerweeshuispad 301, 1076 HR, एम्स्टर्डम, नेदरल्याण्डमा कार्यालय रहेको र एम्स्टर्डम च्याम्बर अफ कमर्समा दर्ता नम्बर ५६३१७४४१ रहेको निजी सीमित दायित्व कम्पनी उबर बी. भी. (“उबर”) द्वारा तपाई नेपालबाट सेवा प्रयोग गर्ने एक व्यक्तिलाई उपलब्ध गराइएका एपलिकेसन, वेबसाइटहरू, सामग्री, उत्पादनहरू तथा सेवाहरू (“सेवाहरू”) मा पहुँच वा प्रयोगलाई नियमन गर्दछ ।

सेवाहरूमा पहुँच प्राप्त गर्नु अघि वा प्रयोग गर्नु अघि कृपया यी सर्तहरू ध्यानपूर्वक पढ्नुहोस् ।

तपाईले सेवाहरूमा पहुँच प्राप्त गर्नु वा प्रयोग गर्नुले यी सर्तहरूको अधीनमा रहने तपाईको सहमति रही तपाई र उबर बीच करारयुक्त सम्बन्ध स्थापना गर्दछ । यदि तपाई यी सर्तहरूसँग सहमत हुनुहुन्न भने तपाईले सेवाहरूमा पहुँच प्राप्त गर्न वा प्रयोग गर्न सक्नुहुने छैन। यी सर्तहरूले तपाईसँग भएका अघिल्ला सम्झौता वा व्यवस्थालाई स्पष्ट रूपमा प्रतिस्थापन गर्दछ । उबरले कुनै पनि समयमा कुनै पनि कारणका लागि तपाईसंग सम्बन्धित यी सर्तहरू वा कुनै पनि सेवाहरू तुरुन्त समाप्त गर्न वा सेवाहरू वा तिनका कुनै अंश बन्द गर्न वा पहुँच अस्वीकार गर्न सक्छ ।

पूरक सर्तहरू केही विशेष सेवाहरू जस्तै कुनै विशेष कार्यक्रम, गतिविधि वा प्रवर्द्धनसम्बन्धी नीतिहरूका सम्बन्धमा लागू हुन सक्छन् साथै त्यस्ता पूरक सर्तहरू सम्बन्धित सेवासँगै तपाईलाई उपलब्ध गराइनेछ । पूरक सर्तहरू यी सर्तहरूको अतिरिक्त हुनेछन् र सम्बन्धित सेवाहरूका प्रयोजनका लागि यी सर्तहरूको अङ्ग मानिनेछन । सम्बन्धित सेवाहरूको सन्दर्भमा कुनै विवाद भएमा यी सर्तहरु नभएर पूरक सर्त नै लागू हुनेछ ।

उबरले समय-समयमा सेवासम्बन्धी सर्तहरू संशोधन गर्न सक्छ । त्यस्ता संशोधित सर्तहरू यस स्थानमा अद्यावधिक सर्तहरू उबरले प्रकाशित गरेपछि वा सम्बन्धित सेवामा संशोधित नीतिहरू वा पूरक सर्तहरू प्रकाशित भएपछि प्रभावकारी हुनेछन् । यी सर्तहरुको प्रकाशन पश्चात समेत तपाईले सेवाहरूमा निरन्तर पहुँच वा प्रयोग गर्नुले तपाई संशोधित सर्तहरूमा बाध्य हुन सहमत भएको मानिनेछ ।

सेवाहरूसँग सम्बन्धित व्यक्तिगत जानकारीको संकलन र प्रयोग उबरको गोपनीयता नीति (Privacy Policy) मा यहाँ निर्दिष्ट भएअनुसार हुनेछ । यदि तपाई र कुनै तेस्रो पक्ष प्रदायक (जस्तै यातायात नेटवर्क कम्पनीका चालक) बीच कुनै गुनासो, विवाद वा द्वन्द्व (जसमा दुर्घटना पनि समावेश हुन सक्छ) उत्पन्न भएमा सो विवाद समाधान गर्न आवश्यक पर्ने जानकारी वा तथ्याङ्क (तपाईको सम्पर्क विवरणसहित) उबरले दाबी प्रक्रिया गर्ने निकाय वा बीमा कम्पनीलाई उपलब्ध गराउन सक्छ ।

  1. सेवाहरु

सेवाहरुमा एक प्रविधि प्लेटफर्म उपलब्ध हुनेछ जसमा उबरको मोबाइल एपलिकेशन वा सेवाको अंशको रूपमा उपलब्ध गराइएका वेबसाइटहरू (प्रत्येकलाई “एपलिकेशन” भनिनेछ) प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई स्वतन्त्र तेस्रो पक्ष सेवा प्रदायकहरूसँग यातायात/वा ढुवानी (लोजिस्टिक्स) सेवाहरूको व्यवस्था तथा समय निर्धारण गर्न मद्दत गर्दछ । यस्ता प्रदायकहरूमा स्वतन्त्र तेस्रो पक्ष यातायात सेवा प्रदायकहरू तथा स्वतन्त्र तेस्रो पक्ष ढुवानी सेवा प्रदायकहरू समावेश हुनेछन् जसले उबर वा उबरको सहायक संस्थासँग भएको सम्झौताअन्तर्गत उबरद्वारा प्रदान गरिएको लिड जनरेशन सेवाहरू प्रयोग गर्छन् (यिनलाई “तेस्रो पक्ष प्रदायकहरू” भनिनेछ) । उबरले तपाईसँग छुट्टै लिखित सम्झौतामार्फत अन्यथा सहमति नगरेको अवस्था बाहेकमा यी सेवाहरू केवल तपाईको व्यक्तिगत तथा गैर-व्यावसायिक प्रयोगका लागि मात्र उपलब्ध गराइएको छ ।

उबरले यातायात वा ढुवानी सेवाहरू प्रदान नगर्ने वा यातायात वाहक को रूपमा कार्य नगर्ने र यस्ता सबै यातायात वा ढुवानी सेवाहरू उबर वा यसको कुनै पनि सहायक संस्थाका कर्मचारीद्वारा नभएर स्वतन्त्र तेस्रो पक्ष ठेकेदारहरूद्वारा प्रदान गरिएको भन्नेमा तपाई सहमत हुनुहुन्छ ।

अनुमतिपत्र

यी सर्तहरूको पालना गरेमा उबरले तपाईलाई सीमित, गैर-विशेषाधिकार प्राप्त (non-exclusive), गैर-उप-इजाजतयोग्य (non- sublicensable), खारेजयोग्य, गैर-हस्तान्तरणीय (non-transferrable) इजाजतपत्र प्रदान गर्दछ , जसअन्तर्गत तपाईले: (१) सेवाहरूको प्रयोगसँग सम्बन्धित प्रयोजनका लागि मात्र आफ्नो व्यक्तिगत उपकरणमा एपलिकेशनहरुमा पहुँच र प्रयोग गर्न सक्नुहुनेछ; र (२) सेवाहरू मार्फत उपलब्ध गराइने कुनै पनि सामग्री, जानकारी तथा सम्बन्धित सामग्रीहरू पहुँच गर्न र प्रयोग गर्न सक्नुहुनेछ, तर यी सबै केवल तपाईको व्यक्तिगत तथा गैर-व्यावसायिक प्रयोगका लागि मात्र हुनेछ । यसमा स्पष्ट रूपमा प्रदान नगरिएका सबै अधिकारहरू उबर र यसका इजाजतपत्रदाता मा सुरक्षित रहनेछन् ।

प्रतिबन्धहरू

तपाईले निम्न कार्यहरू गर्न पाउनुहुन्न: (१) सेवाहरूको कुनै पनि भागबाट प्रतिलिपि अधिकार, ट्रेडमार्क वा अन्य स्वामित्वसम्बन्धी सूचना हटाउने; (२) उबरले स्पष्ट रूपमा अनुमति नदिएसम्म सेवाहरूलाई पुनःउत्पादन गर्ने, परिमार्जन गर्ने, त्यसमा आधारित व्युत्पन्न कार्य तयार गर्ने, वितरण गर्ने, लाइसेन्स दिने, भाडामा दिने, बेच्ने, पुनःबेच्ने, हस्तान्तरण गर्ने, सार्वजनिक रूपमा प्रदर्शन गर्ने, सार्वजनिक रूपमा प्रस्तुत गर्ने, प्रसारण गर्ने, स्ट्रिम गर्ने, प्रसारण गर्ने वा अन्य कुनै तरिकाले शोषण गर्ने; (३) प्रचलित कानूनले अनुमति दिएको अवस्थामा बाहेक सेवाहरूलाई डिकम्पाइल (decompile), रिभर्स इन्जिनियर (reverse engineer) वा डिसअसेंबल (disassemble) गर्ने; (४) सेवाहरूको कुनै पनि भागमा लिंक गर्ने, मिरर गर्ने वा फ्रेम गर्ने; (५) सेवाहरूको कुनै भागमा डेटा स्क्र्यापिङ, इन्डेक्सिङ, सर्वेक्षण वा अन्य कुनै प्रकारको डेटा माइनिङ गर्न वा सेवाको सञ्चालन तथा कार्यक्षमतामा अनावश्यक भार पार्ने वा अवरोध गर्ने उद्देश्यले कुनै कार्यक्रम वा स्क्रिप्ट चलाउने वा सुरु गर्ने; वा (६) सेवाहरू वा तिनका सम्बन्धित प्रणाली वा नेटवर्कहरूमा अनधिकृत पहुँच प्राप्त गर्ने वा कुनै पनि पक्षमा क्षति पुर्‍याउने प्रयास गर्ने ।

सेवाहरुको प्रावधान (Provision of the Services)

तपाई स्वीकार गर्नुहुन्छ कि सेवाका केही भागहरू उबरका विभिन्न ब्रान्डहरू वा यातायात तथा ढुवानी सेवासम्बन्धी अनुरोध विकल्पहरू अन्तर्गत उपलब्ध गराइएका हुन सक्छन् जसमा हाल “Uber,” “uberPOP,” “uberX,” “uberXL,” “UberBLACK,” “UberSUV,” “UberBERLINE,” “UberVAN,” “UberEXEC,” र “UberLUX” जस्ता यातायात अनुरोध ब्रान्डहरू (transportation request brands) तथा “UberRUSH,” “UberFRESH” र “UberEATS” जस्ता ढुवानी अनुरोध ब्रान्डहरू (logistics request brands) समावेश छन् । तपाई यो पनि स्वीकार गर्नुहुन्छ कि सेवाहरू यस्ता ब्रान्डहरू वा अनुरोध विकल्पहरू अन्तर्गत निम्न वा ति सँग सम्बन्धित रूपमा उपलब्ध गराइएका हुन सक्छन्: (१) उबरका केही सहायक कम्पनीहरू वा सम्बद्ध संस्थाहरू; वा (२) स्वतन्त्र तेस्रो पक्ष प्रदायकहरू, जसमा यातायात नेटवर्क कम्पनीका चालकहरू, यातायात चार्टर अनुमतिपत्रवाला वा समान प्रकारका यातायात अनुमतिपत्रावाला, स्वीकृति प्राप्त वा अनुमतिपत्र भएका अन्य व्यक्तिहरू समावेश छन् ।

तेस्रो पक्षका सेवाहरू तथा सामग्री (Third Party Services and Content)

सेवाहरू उबरको नियन्त्रणमा नरहेका तेस्रो पक्षका सेवाहरू तथा सामग्री (विज्ञापनसहित) सँग सम्बन्धित रूपमा उपलब्ध गराइएका वा पहुँचयोग्य हुन सक्छन् । तपाई स्वीकार गर्नुहुन्छ कि यस्ता तेस्रो पक्षका सेवाहरू तथा सामग्री प्रयोग गर्दा फरक प्रयोग सर्तहरू तथा गोपनीयता नीतिहरू लागू हुन सक्छन् । उबरले यस्ता तेस्रो पक्षका सेवाहरू वा सामग्रीलाई समर्थन गर्दैन र कुनै पनि अवस्थामा यस्ता तेस्रो पक्ष प्रदायकहरूद्वारा प्रदान गरिएका उत्पादन वा सेवाहरूका लागि जिम्मेवार वा उत्तरदायी हुने छैन ।

यसका अतिरिक्त यदि तपाईले Apple iOS, Android, Microsoft Windows वा Blackberry प्रणालीका लागि बनाइएका एपलिकेशन र मोबाइल उपकरण प्रयोग गरेर एपलिकेशनमार्फत सेवाहरूमा पहुँच गर्नुहुन्छ भने Apple Inc., Google Inc., Microsoft Corporation वा BlackBerry Limited तथा/वा तिनका सम्बन्धित अन्तर्राष्ट्रिय सहायक कम्पनीहरू यस सम्झौताका तेस्रो पक्ष लाभग्राही (third-party beneficiaries) हुनेछन् । यी तेस्रो पक्ष लाभग्राहीहरू यस सम्झौताका पक्ष होइनन् र सेवाहरूको प्रावधान वा समर्थनका लागि कुनै पनि तरिकाले जिम्मेवार हुने छैनन् । तपाईले यस्ता उपकरण प्रयोग गरेर सेवाहरूमा पहुँच गर्दा सम्बन्धित तेस्रो पक्ष लाभग्राहीको सेवा सर्तहरू (terms of service) लागू हुनेछन् ।

स्वामित्व

सेवाहरू तथा ति सँग सम्बन्धित सम्पूर्ण अधिकारहरू उबर वा उबरका अनुमतिपत्रदाताहरूको सम्पत्ति हुन र रहनेछन् । यी सर्तहरू वा सेवाहरूको प्रयोगले तपाईलाई (१) माथि प्रदान गरिएको सीमित अनुमतिपत्र बाहेक सेवाहरूसँग सम्बन्धित कुनै पनि अधिकार; वा (२) उबर वा उबरका अनुमतिपत्रदाताहरुको कम्पनीसँग सम्बन्धित नामहरु, लोगोहरु, उत्पादन तथा सेवासँग सम्बन्धित नाम, ट्रेडमार्क वा सेवा चिन्हहरू कुनै पनि तरिकाले प्रयोग गर्ने वा सङ्केत गर्ने अधिकार प्रदान गर्दैन ।

  1. तपाईले गरेका सेवाहरूको प्रयोग

प्रयोगकर्ता खाता

सेवाहरूका अधिकांश पक्षहरू प्रयोग गर्नका लागि तपाईले व्यक्तिगत प्रयोगकर्ता सेवा खाता (“खाता”) दर्ता गर्नुपर्नेछ र सक्रिय रूपमा कायम राख्नुपर्नेछ । खाता प्राप्त गर्नका लागि तपाई कम्तीमा १८ वर्षको उमेरको हुनुपर्छ वा तपाईको अधिकारक्षेत्रमा कानुनी वयष्कताको उमेर (यदि १८ भन्दा फरक छ भने) पुगेको हुनुपर्छ । खाता दर्ता गर्दा तपाईले उबरलाई आफ्नो नाम, ठेगाना, मोबाइल फोन नम्बर र उमेर जस्ता केही व्यक्तिगत विवरणहरूका साथै कम्तीमा एउटा वैध भुक्तानी विधि प्रदान गर्नुपर्नेछ । तपाईले आफ्नो खातामा रहेका जानकारीहरू सधैं सही, पूर्ण र अद्यावधिक राख्न सहमत हुनुहुन्छ । यदि तपाईले आफ्नो खाता सम्बन्धी जानकारीहरू सही, पूर्ण र अद्यावधिक राख्न असफल हुनुका साथै अमान्य वा म्याद सकिएको भुक्तानी विधि राखिएको अवस्था पनि तपाईले सेवाहरूमा पहुँच पाउन वा प्रयोग गर्न नसक्ने अवस्था आउन सक्छ वा उबरले तपाईसँगका यी सर्तहरू समाप्त गर्न सक्छ । तपाईको खाताअन्तर्गत हुने सम्पूर्ण गतिविधिको जिम्मेवारी तपाईको हुनेछ र तपाईले आफ्नो प्रयोगकर्ता नाम तथा पासवर्डको सुरक्षा र गोपनीयता सधैं कायम राख्न सहमत हुनुहुन्छ । उबरले लिखित रूपमा अन्यथा अनुमति प्रदान नगरेको अबस्थामा बाहेक तपाईले केवल एउटा मात्र खाता राख्न पाउनुहुनेछ ।

प्रयोगकर्ताको आवश्यकता तथा आचरण

सेवाहरू १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूका लागि उपलब्ध छैनन् । तपाईले तेस्रो पक्षलाई आफ्नो खाता प्रयोग गर्न अनुमति दिन पाउनुहुन्न र तपाईले १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई स्वयं साथमा भएको अवस्था नभएसम्म तेस्रो पक्ष प्रदायकहरूबाट यातायात वा ढुवानी सेवाहरू प्राप्त गर्न दिनु हुँदैन । तपाईले आफ्नो खाता कुनै अन्य व्यक्ति वा संस्थालाई निर्दिष्ट गर्न वा अन्य कुनै तरिकाले हस्तान्तरण गर्न पाउनुहुन्न । सेवाहरू प्रयोग गर्दा तपाईले सबै लागू हुने कानूनहरूको पालना गर्न सहमत हुनुहुन्छ र तपाईले सेवाहरू केवल कानूनसम्मत प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनुहुन्छ (उदाहरणका लागि, अवैध वा जोखिमपूर्ण सामग्रीको ढुवानी निषेधित छ) । सेवाहरू प्रयोग गर्दा तपाईले तेस्रो पक्ष प्रदायक वा अन्य कुनै पक्षलाई असुविधा, झन्झट, झिंझो, असहजता वा सम्पत्तिमा क्षति हुने कुनै कार्य गर्नु हुँदैन । केही सेवाहरूमा पहुँच वा प्रयोग गर्न तपाईलाई आफ्नो पहिचानको प्रमाण पेश गर्न अनुरोध गरिएको अवस्थामा यदि तपाईले यस्तो प्रमाण दिन अस्वीकार गर्नुभयो भने उबरले तपाईलाई सेवाहरूमा पहुँच वा प्रयोगबाट वञ्चित गर्न सक्छ भन्नेमा तपाइ सहमत हुनुहुनन्छ ।

टेक्स्ट म्यासेजिङ (TEXT MESSAGING)

खाता सिर्जना गर्दा तपाई सहमत हुनुहुन्छ कि सेवाहरूको प्रयोगसँग सम्बन्धित सामान्य व्यवसायिक सञ्चालनका रूपमा सेवाहरूले तपाईलाई सूचनामूलक पाठ (SMS) सन्देशहरू पठाउन सक्छन् । तपाई कुनै पनि समयमा उबरबाट (SMS) सन्देशहरू प्राप्त गर्न बन्द गर्न सक्नुहुन्छ जसका लागि support@uber.com मा इमेल पठाई तपाई अब यस्ता सन्देशहरू प्राप्त गर्न चाहनुहुन्न भन्ने व्यहोरा र सन्देश प्राप्त गर्ने मोबाइल उपकरणको फोन नम्बर उल्लेख गर्नुपर्छ । तपाई स्वीकार गर्नुहुन्छ कि SMS सन्देशहरू प्राप्त गर्न बन्द गर्दा सेवाहरूको प्रयोगमा असर पर्न सक्छ ।

प्रमोशनल कोड (Promotional Codes)

उबरले आफ्नो एकल विवेकाधिकार प्रयोग गरी प्रमोशनल कोडहरू (“प्रमोशनल कोडहरु”) सिर्जना गर्न सक्छ जसलाई खातामा क्रेडिट वा सेवाहरू तथा/वा तेस्रो पक्ष प्रदायकका सेवासँग सम्बन्धित अन्य सुविधाहरू वा लाभहरूका लागि प्रयोग गर्न सकिन्छ र यस्ता कोडहरू उबरले प्रत्येक कोडका लागि निर्धारण गरेका अतिरिक्त सर्तहरूको अधीनमा रहनेछन् । तपाई सहमत हुनुहुन्छ कि प्रमोशनल कोडहरू: (१) लक्षित प्रयोगकर्ता र उद्देश्यअनुसार तथा कानूनसम्मत रूपमा प्रयोग गरिनुपर्छ; (२) उबरले स्पष्ट रूपमा अनुमति दिएको अवस्थामा बाहेक प्रतिलिपि बनाउन, बेच्न, हस्तान्तरण गर्न वा सार्वजनिक रूपमा उपलब्ध गराउन पाइँदैन (३) उबरले कुनै पनि समयमा, कुनै पनि कारणले आफ्नो दायित्वबिना निष्क्रिय गर्न सक्छ; (४) सम्बन्धित प्रमोशनल कोडका लागि उबरले निर्धारण गरेका विशेष सर्तहरूअनुसार मात्र प्रयोग गर्न सकिन्छ; (५) नगदका रूपमा प्रयोग गर्न मिल्दैन; र (६) तपाईले प्रयोग गर्नु अघि नै म्याद सकिन सक्छ । यदि उबरले प्रमोशनल कोडको प्रयोग वा रिडेम्पसन त्रुटिपूर्ण, जालसाजीपूर्ण, गैरकानुनी वा सम्बन्धित सर्तहरू वा यी सर्तहरूको उल्लङ्घनमा भएको ठहरेको खण्डमा वा त्यस्तो विश्वास गरेको अवस्थामा उबरले ले तपाई वा अन्य कुनै प्रयोगकर्ताद्वारा प्राप्त गरिएको क्रेडिट वा अन्य सुविधा वा लाभहरू रोकिने वा कटौती गरिने अधिकार सुरक्षित राख्दछ ।

प्रयोगकर्ताद्वारा उपलब्ध गराइएको सामग्री

उबरले आफ्नो एकल स्वविवेक प्रयोग गरी समय-समयमा तपाईलाई सेवाहरू मार्फत लिखित, अडियो र/वा दृश्य सामग्री तथा जानकारी उपलब्ध गराउन, अपलोड गर्न, प्रकाशित गर्न वा अन्य तरिकाले उपलब्ध गराउन अनुमति दिन सक्छ जसमा सेवासम्बन्धी टिप्पणी र प्रतिक्रिया, सहयोग अनुरोधको सुरुवात, तथा प्रतियोगिता वा प्रवर्द्धनमा सहभागी हुने सामग्रीहरू (“प्रयोगकर्ता सामग्री”) समावेश हुन सक्छन् ।

तपाईले प्रदान गरेको कुनै पनि प्रयोगकर्ता सामग्री तपाईकै सम्पति रहनेछ । तर उबरलाई यस्तो सामग्री प्रदान गरी तपाई उबरलाई विश्वव्यापी, स्थायी, अपरिवर्तनीय, हस्तान्तरणयोग्य, रोयल्टी-रहित अनुमतिपत्र प्रदान गर्नुहुन्छ जसमा उप-इजाजतपत्र (sub-licensing) दिने अधिकारसमेत समावेश हुनेछ र जसअन्तर्गत रही उबरले त्यस्तो प्रयोगकर्ता सामग्रीलाई प्रयोग गर्न, प्रतिलिपि बनाउन, परिमार्जन गर्न, व्युत्पन्न कार्य सिर्जना गर्न, वितरण गर्न, सार्वजनिक रूपमा प्रदर्शन गर्न, सार्वजनिक रूपमा प्रस्तुत गर्न, तथा कुनै पनि माध्यम वा वितरण च्यानलहरू (हाल कायम रहेको वा भविष्यमा विकास गरिने) मार्फत सेवाहरू, उबरको व्यवसाय तथा तेस्रो पक्षका साइट र सेवाहरूमा समेत थप सूचना र तपाईको सहमति बिना र तपाई वा अन्य कुनै व्यक्तिलाई भुक्तानीको बिना नै प्रयोग गर्न सक्नेछ ।

तपाई निम्न बमोजिमको प्रतिनिधित्व तथा सुनिश्चित गर्नुहुन्छ किः (१) तपाई नै सम्पूर्ण प्रयोगकर्ता सामग्रीको एकमात्र र विशिष्ट धनी हुनुहुन्छ वा उबरलाई माथि उल्लेखित अनुमतिपत्र प्रदान गर्नका लागि आवश्यक सबै अधिकार, लाइसेन्स, सहमति र अनुमति तपाईले प्राप्त गर्नुभएको छ; (२) प्रयोगकर्ता सामग्री वा तपाईद्वारा प्रस्तुत, अपलोड, प्रकाशन वा अन्य उपलब्ध गराउने कार्य, वा उबरद्वारा यहाँ उल्लेखित प्रयोगकर्ता सामाग्रीको प्रयोगले कुनै तेस्रो पक्षको बौद्धिक सम्पत्ति अधिकार वा स्वामित्व अधिकार वा सार्वजनिक वा गोपनीयताको अधिकार उल्लङ्घन गर्ने छैन वा कुनै लागू हुने कानून वा नियमको उल्लङ्घन हुने छैन ।

तपाई सहमत हुनुहुन्छ कि तपाईले बदनामीयुक्त, अपमानजनक, घृणायुक्त, हिंसात्मक, अशोभनीय, अश्लील, गैरकानुनी वा अन्यथा आपत्तिजनक सामग्री प्रदान गर्नुहुने छैन जसलाई कानूनले संरक्षण गरे नगरेतापनि उबरको एकल विवेकाधिकारमा निर्धारण गरिन्छ । उबरले बिना कुनै सूचना आफ्नो स्वविकेमा र कुनै पनि समयमा र कुनै पनि कारणले चाहेमा प्रयोगकर्ता सामग्रीको समीक्षा, अनुगमन वा हटाउन सक्छ ।

नेटवर्कमा पहुँच तथा उपकरणहरू

सेवाहरू प्रयोग गर्न आवश्यक डेटा नेटवर्क पहुँच प्राप्त गर्ने जिम्मेवारी तपाईको हुनेछ । यदि तपाईले वायरलेस-सक्षम उपकरणबाट सेवाहरूमा पहुँच वा प्रयोग गर्नुहुन्छ भने तपाईको मोबाइल नेटवर्कका डेटा तथा म्यासेज सम्बन्धी दर तथा शुल्कहरू लागू हुन सक्छन् र यस्ता शुल्कहरूको जिम्मेवारी तपाई स्वयंको हुनेछ । सेवाहरू तथा एपलिकेशनमा पहुँच प्राप्त गर्न र प्रयोग गर्न आवश्यक उपयुक्त हार्डवेयर वा उपकरणहरू प्राप्त गर्ने र अद्यावधिक राख्ने जिम्मेवारी पनि तपाईको हुनेछ । उबरले सेवाहरू, वा तिनका कुनै अंश, कुनै विशेष हार्डवेयर वा उपकरणमा काम गर्ने ग्यारेन्टी गर्दैन । यसका अतिरिक्त सेवाहरू इन्टरनेट तथा विद्युतीय सञ्चारको प्रयोगसँग सम्बन्धित स्वाभाविक त्रुटि तथा ढिलाइहरुमा पर्ने सम्भावाना रहन्छ ।

  1. भुक्तानी

तपाई बुझ्नुहुन्छ कि सेवाहरूको प्रयोग गर्दा तपाईले तेस्रो पक्ष प्रदायकबाट प्राप्त गर्ने सेवा वा वस्तुका लागि शुल्क (“शुल्क”) लाग्न सक्छ । कानूनले तोके अनुसार यी शुल्कहरूमा सम्बन्धित करहरू पनि समावेश हुनेछन् । तपाईले सेवा वा वस्तु प्राप्त गर्ने समयमा सम्बन्धित तेस्रो पक्ष प्रदायकसँग उक्त सेवा वा वस्तुका लागि कम शुल्क माग गर्ने अधिकार राख्नुहुन्छ । उबरले कुनै विशेष सेवा वा वस्तुका लागि शुल्क परिमार्जन गर्न तेस्रो पक्ष प्रदायकबाट प्राप्त अनुरोधमा सोहीअनुसार प्रतिक्रिया दिनेछ । तपाईले तेस्रो पक्ष प्रदायकको आगमन हुनुभन्दा अगाडि कुनै पनि समयमा सेवा वा वस्तुका लागि गरिएको आफ्नो अनुरोध रद्द गर्न सक्नुहुन्छ जसमा तपाईलाई रद्द शुल्क लाग्न सक्छ ।

  1. मर्मत वा सफाई शुल्क

तपाई आफ्नो खाता प्रयोग गरी सेवाहरू उपयोग गर्दा तेस्रो पक्ष प्रदायकका सवारी साधन वा सम्पत्तिमा सामान्य (“wear and tear”) भन्दा बढी हुने क्षति वा सफाई आवश्यक भएमा त्यसको “मर्मत वा सफाइ” खर्चको जिम्मेवारी लिनुहुन्छ । यदि तेस्रो पक्ष प्रदायकले मर्मत वा सफाइ आवश्यक भएको रिपोर्ट गर्छ भने उबरले तपाईको खातामा दर्ता गरिएको भुक्तानी विधि प्रयोग गरी उक्त उचित मर्मत वा सफाइ खर्च तेस्रो पक्ष प्रदायकको तर्फबाट भुक्तानी गर्न सक्ने अधिकार सुरक्षित राख्दछ । यस्ता रकमहरू उबरद्वारा सम्बन्धित तेस्रो पक्ष प्रदायकलाई हस्तान्तरण गरिनेछन् र ती रकमहरू फिर्ता नहुने (non-refundable) हुनेछन्।

  1. अस्वीकरणः दायित्वको सिमाः हर्जाना (DISCLAIMERS; LIMITATION OF LIABILITY; INDEMNITY)

अस्वीकरण (Disclaimer)

सेवाहरू “जस्ताको तस्तै” (“as is”) र “उपलब्ध भएअनुसार” (“as available”) प्रदान गरिनेछन् । उबरले यी सर्तहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको बाहेक कुनै पनि प्रकारका प्रत्यक्ष, अप्रत्यक्ष, कानुनी वा अन्य प्रतिनिधित्व वा सुनिश्वित्ता दिँदैन जसमा व्यापारयोग्यता, कुनै विशेष प्रयोजनका लागि उपयुक्तता र अधिकार उल्लङ्घन नहुने सम्बन्धी निहित सुनिश्चित्ता समेत समावेश छन् । यसका अतिरिक्त उबरले सेवाहरू वा सेवाहरूमार्फत अनुरोध गरिएका सेवा वा वस्तुहरूको विश्वसनीयता, समयपालन, गुणस्तर, उपयुक्तता वा उपलब्धताबारे कुनै ग्यारेन्टी नदिनुका साथै सेवाहरू अविच्छिन्न वा त्रुटिरहित हुनेछन् भन्ने सुनिश्चितता गर्दैन । उबरले तेस्रो पक्ष प्रदायकहरूको गुणस्तर, उपयुक्तता, सुरक्षा वा क्षमता बारे कुनै ग्यारेन्टी दिँदैन । तपाई सहमत हुनुहुन्छ कि कानूनले अनुमति दिएको अधिकतम सीमा भित्र रही सेवाहरूको प्रयोग वा त्यससँग सम्बन्धित कुनै पनि सेवा वा वस्तुबाट उत्पन्न हुने सम्पूर्ण जोखिम तपाईको जिम्मेवारीमा मात्र रहनेछ ।

दायित्वको सीमा (Limitation of Liability)

उबरलाई सेवाहरूको प्रयोगसँग सम्बन्धित वा त्यसबाट उत्पन्न भएका सम्भावित क्षतिको बारेमा पहिल्यै जानकारी दिइएको अवस्थामा पनि उबर कुनै पनि प्रकारका अप्रत्यक्ष, आकस्मिक, विशेष, उदाहरणात्मक, दण्डात्मक वा परिणामस्वरूप हुने क्षति (जसमा गुमेका नाफा, गुमेका डेटा, व्यक्तिगत चोटपटक वा सम्पत्तिको क्षति समावेश छन्) का लागि जिम्मेवार हुने छैन । उबर निम्न अवस्थाबा उत्पन्न हुने कुनै पनि क्षति, दायित्व वा हानिका लागि जिम्मेवार हुने छैन: (१) तपाईको सेवाहरू प्रयोग वा प्रयोग गर्न नसक्नु वा सेवाहरूमा निर्भरता; (२) सम्भावित क्षतिको जानकारी दिइएको भएपनि तपाई र कुनै तेस्रो पक्ष प्रदायक बीचको कुनै पनि लेनदेन वा सम्बन्ध । उबर प्राकृतिक वा नियन्त्रण बाहिरका कारणहरूले हुने ढिलाइ वा कार्यसम्पादन असफलताका लागि पनि जिम्मेवार हुने छैन । तपाई स्वीकार गर्नुहुन्छ कि केही ब्रान्डहरू अन्तर्गत सेवा दिने तेस्रो पक्ष यातायात प्रदायकहरू राइडसेयरिङ वा व्यक्ति-देखि-व्यक्ति यातायात सेवा प्रदान गर्न सक्छन् र उनीहरू पेशागत रूपमा लाइसेन्स प्राप्त वा अनुमति प्राप्त नहुन सक्छन् । कुनै पनि अवस्थामा सेवासँग सम्बन्धित उबरको कुल दायित्व तपाईप्रति सबै क्षति, नोक्सान वा कार्यकारणहरूको लागि पाँच सय युरो (€500) भन्दा बढी हुने छैन । उबरको सेवाहरू तपाईले तेस्रो पक्ष प्रदायकसँग यातायात, सामान वा ढुवानी सेवाहरू अनुरोध गर्न र तालिका मिलाउन प्रयोग गर्न सक्नुहुनेछ तर यी सर्तहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको अवस्थामा बाहेक यी सेवाहरू सम्बन्धी कुनै पनि दायित्व वा जिम्मेवारी उबरमा रहने छैन भन्नेमा तपाई सहमत हुनुहुन्छ । यस खण्ड ५ मा उल्लेख गरिएका सीमाहरू र अस्वीकरणहरूले प्रचलित कानूनअनुसारको दायित्व र तपाई उपभोक्ता हुँदै गर्दाको अधिकारहरूलाई सीमित वा परिवर्तन गर्ने उद्देश्य राख्दैनन् ।

हर्जाना

तपाई सहमत हुनुहुन्छ कि तपाईले (१) सेवाहरूको प्रयोग वा सेवाहरूमार्फत प्राप्त सेवा वा वस्तुहरू (२) यी सर्तहरूको उल्लङ्घन आ भङ्ग, (३) उबरद्वारा तपाई प्रयोगकर्ता सामग्रीको प्रयोग, वा (४) कुनै तेस्रो पक्षको अधिकार उल्लङ्घन (तेस्रो पक्ष प्रदायकहरू समेत) बाट उत्पन्न हुने सबै दाबी, माग, हानि, दायित्व र खर्च (कानूनी परामर्शबापको शुल्कसमेत) बाट उबर तथा यसका अधिकारी, निर्देशक, कर्मचारी र एजेन्टहरूलाई हर्जाना दिने र सुरक्षित राख्नुहुनेछ ।

  1. नियमित गर्ने कानून; मध्यस्थता

यी सर्तहरूमा अन्यथा उल्लेख गरिएको बाहेकका अवस्थामा यी सर्तहरू नेदरल्यान्ड्सको कानूनअनुसार विशेष रूपमा नियमित र व्याख्या गरिनेछन् जसमा rules on conflicts of laws कानूनहरूको द्वन्द्वसम्बन्धी नियमहरू लागू हुने छैनन् । सन् 1980 को Convention on the International Sale of Goods of 1980 (CISG) लागू हुने छैन । सेवाहरू वा यी सर्तहरूसँग सम्बन्धित वा ती बाट उत्पन्न हुने कुनै पनि विवाद, द्वन्द्व, दाबी वा मतभेद (यसलाई “विवाद” भनिनेछ) जसमा यसको वैधता, व्याख्या वा लागूयोग्यता सम्बन्धी विषयहरू समेत समावेश छन् त्यसलाई प्रारम्भमा अनिवार्य रूपमा अन्तर्राष्ट्रिय वाणिज्य च्याम्बरका मध्यस्थता नियमहरू International Chamber of Commerce Mediation Rule (“ICC Mediation Rules”) अन्तर्गत मेलमिलाप प्रक्रियामा पठाइनुपर्नेछ । यदि यस्तो विवाद ICC Mediation Rules अनुसार मध्यस्थताको अनुरोध दर्ता भएको ६० (साठी) दिनभित्र समाधान हुन नसकेको अवस्थामा उक्त विवाद Rules of Arbitration of the International Chamber of Commerce (“ICC Arbitration Rules”) अन्तर्गत मध्यस्थता मार्फत विशेष र अन्तिम रूपमा समाधान गरिनेछ । ICC नियमहरू अन्तर्गतको आपतकालीन मध्यस्थ (Emergency Arbitrator) सम्बन्धी व्यवस्था लागू हुने छैन । विवाद एक (1) जना मध्यस्थ (arbitrator) द्वारा समाधान गरिनेछ, जसको नियुक्ति ICC नियमअनुसार गरिनेछ । मेलमिलाप तथा मध्यस्थता प्रक्रियाको स्थान एम्स्टर्डम, नेदरल्यान्ड्स हुनेछ, यद्यपि यसले तपाईलाई युरोपियन संघको the Brussels I bis Regulation (OJ EU 2012 L351/1) को धारा 18 र/वा तथा डच सिभिल कोडको धारा 6:236n अन्तर्गत प्राप्त अधिकारहरूमा असर पार्ने छैन । मेलमिलाप र/वा मध्यस्थता प्रक्रियाको भाषा अंग्रेजी हुनेछ तर यदि तपाईले अंग्रेजी बोल्नुहुन्न भने मेलमिलाप र/वा मध्यस्थताको प्रक्रिया अंग्रेजी र तपाईको मातृभाषा दुवैमा सञ्चालन गरिनेछ । मेलमिलाप र मध्यस्थता प्रक्रियासम्बन्धी अस्तित्व र सामग्री जसमा पक्षहरूले पेश गरेका कागजात, अन्तर्राष्ट्रिय वाणिज्य च्याम्बरसँगको पत्राचार, मध्यस्थको पत्राचार, तथा एकल मध्यस्थद्वारा जारी आदेश वा समावेश निर्णयहरू अत्यन्तै गोप्य रहनेछन् र निम्न अबस्था र अर्को पक्षको लिखित सहमति बिना कुनै तेस्रो पक्षलाई खुलासा गर्न पाइने छैन: (१) मेलमिलाप वा मध्यस्थता प्रक्रिया सञ्चालन गर्ने सन्दर्भमा तेस्रो पक्षलाई जानकारी खुलासा गर्नु आवश्यक भएको अवस्थामा; र (२) सम्बन्धित तेस्रो पक्षले यहाँ उल्लेखित गोपनीयता सम्बन्धी दायित्वमा बिना शर्त लिखित रूपमा सहमत भएको अवस्थामा ।

  1. अन्य प्रावधानहरु

प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी दाबी

प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी दाबीहरू उबरद्वारा नियुक्त प्रतिनिधिलाई पठाउनुपर्नेछ । सम्बन्धित ठेगाना तथा थप जानकारीका लागि उबरको वेबपेज https://www.uber.com/legal/ मा हेर्नुहोस् ।

सूचना

यस सम्झौताअन्तर्गत उबरद्वारा तपाईलाई पठाइने कुनै पनि सूचना तपाईको खातासँग सम्बन्धित इमेल ठेगानामा इमेलमार्फत, वा ड्राइभर एप वा उबर सेवामार्फत उपलब्ध अनलाइन पोर्टलमा पोस्ट गरेर पठाइनेछ । यस सम्झौताअन्तर्गत तपाईले उबरलाई दिने कुनै पनि सूचना grievanceredressaloffice@uber.com मा सम्पर्क गरेर पठाउनुपर्नेछ ।

  1. सामान्य प्रावधानहरु

तपाईले उबरको पूर्व लिखित स्वीकृति बिना यी सर्तहरूलाई पूर्ण रूपमा वा आंशिक रूपमा निर्दिष्ट वा हस्तानतरण गर्न पाउनुहुन्न। तर तपाईले उबरलाई यी सर्तहरू पूर्ण रूपमा वा आंशिक रूपमा हस्तान्तरण वा सार्न अनुमति दिनुहुन्छ जसमा: (१) यसको सहायक वा सम्बद्ध संस्था; (२) उबरको सेयर, व्यवसाय वा सम्पत्ति प्राप्त गर्ने पक्ष; वा (३) Merger बाट उत्पन्न उत्तराधिकारी समावेश हुन सक्छन् ।तपाई र उबर वा कुनै पनि तेस्रो पक्ष प्रदायकबीच वा तपाई र उबर बीचको सम्झौता वा सेवाहरूको प्रयोगका कारण कुनै संयुक्त उद्यम (joint venture), साझेदारी, रोजगारी वा एजेन्सी सम्बन्ध स्थापित हुँदैन ।

यदि यी सर्तहरूको कुनै पनि प्रावधान पूर्ण रूपमा वा आंशिक रूपमा कुनै कानूनअन्तर्गत गैरकानुनी, अमान्य वा कार्यान्वयनयोग्य नभएको ठहर भएको खण्डमा त्यस्तो प्रावधान वा त्यसको भागलाई सो हदसम्म यी सर्तहरूको अंश मानिने छैन । तर अन्य प्रावधानहरूको वैधानिकता, वैधता र कार्यान्वयनयोग्यता प्रभावित हुने छैन । त्यस्तो अवस्थामा पक्षहरूले उक्त गैरकानुनी, अमान्य वा कार्यान्वयनयोग्य नभएको प्रावधान वा त्यसको अंशलाई सम्भव भएसम्म समान प्रभाव पार्ने तर कानूनी वैधता र कार्यान्वयनयोग्य प्रावधान वा त्यसको भागद्वारा प्रतिस्थापन गर्नेछन् जसले यी सर्तहरूको आशय र उद्देश्यलाई यथासम्भव प्रतिबिम्बित गर्नेछ ।

यी सर्तहरूले यस विषयवस्तुसम्बन्धी पक्षहरूबीचको सम्पूर्ण सम्झौता र समझदारी प्रतिनिधित्व गर्छन् र यसअघि वा सोही समयमा भएका सबै सम्झौता वा प्रतिबद्धताहरूलाई प्रतिस्थापन र निष्प्रभावी बनाउँछ । यी सर्तहरूमा “including” र “include” शब्दहरूको अर्थ “including but not limited to” “समावेश गर्दछ तर यसमा सीमित छैन” भन्ने हुनेछ ।

  1. कानून प्रवर्तन निकायहरुलाई दिशानिर्दैशन

यी दिशानिर्देशहरू उबरबाट अभिलेख माग गर्ने कानुनी निकायहरुलाई प्रक्रियाबारे जानकारी दिनका लागि तयार गरिएका हुन् । यी केवल दिशानिर्देशहरू मात्र हुन् र यो जानकारी कुनै पनि समयमा परिवर्तन हुन सक्छ ।

निजी पक्षका अनुरोधहरुका साथै देवानी मुद्दाका पक्षहरू वा फौजदारी मुद्दाका प्रतिवादीहरूका अनुरोधहरूका लागि उबर Guidelines for Third Party Data Requests हेर्नका सिफारिस गर्दछ ।

  1. उबर के हो र हामीसँग के कस्ता अभिलेखहरु छन् ?

उबर एक प्रविधियुक्त कम्पनी हो जसले प्रयोगकर्ताहरू लाई यातायात सेवा प्रदान गर्ने चालक साझेदारहरूसँग जोड्ने एप विकास गरेको छ । उबर कुनै यातायात वाहक होइन र यसले कुनै पनि चालकलाई रोजगार दिँदैन । प्रयोगकर्ताहरूले स्मार्टफोन, वेब, वा SMS मार्फत उबर एप प्रयोग गरी यातायात सेवा अनुरोध गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफ्नो स्थानमा उपलब्ध विभिन्न चालकहरू मध्येबाट छनोट गर्न सक्छन् ।

तपाईको व्यक्तिगत जानकारी हामीले कसरी सङ्कलन गर्छौं र कसरी प्रयोग गर्छौं भन्ने बारे थप जानकारीका लागि हाम्रो गोपनीयता सूचना यहाँ हेर्नुहोस् ।

  1. प्रयोगकर्ता वा साझेदार सम्बन्धी जानकारी उपलब्ध गराउनुअघि उबरले कुन प्रकारको कानुनी प्रक्रिया माग्छ ?

संयुक्त राज्य अमेरिका कानून प्रवर्तन निकायहरूका लागि:

हामीलाई साझेदार, प्रयोगकर्ता वा यात्रासम्बन्धी व्यावसायिक अभिलेखहरू उपलब्ध गराउनुअघि वैध र पर्याप्त कानुनी प्रक्रिया आवश्यक पर्दछ । धेरैजसो अवस्थामा, वैध समाह्वान, अदालतको आदेश वा खानतलासी पुर्जी बिना हामी कुनै पनि जानकारी प्रदान गर्न सक्दैनौं । हामी कानून प्रवर्तनका अनुरोधहरूलाई LERT@uber.com मा इमेलमार्फत वा हाम्रो कर्पोरेट एजेन्ट National Registered Agents, Inc., 818 W. Seventh Street, Suite 930, Los Angeles, California 90017 मा व्यक्तिगत रूपमा सेवा मार्फत स्वीकार गर्छौं । यसरी कानुनी प्रक्रिया स्वीकार गर्नुले उबरले कुनै पनि कानूनी प्रतिवाद उठाउने अधिकार अन्त्य वा सीमित गरेको अर्थ नलाग्नुका साथै आवश्यक परेमा यस्तो प्रतिवाद गर्न सक्दछ ।

संयुक्त राज्य अमेरिका बाहेकका कानून प्रवर्तन निकायहरुका लागिः

हामी व्यावसायिक अभिलेखहरू केवल हाम्रो सेवा सर्तहरू र लागू हुने कानूनअनुसार मात्र उपलब्ध गराउँदछौँ । केही अभिलेखहरू उपलब्ध गर्न बाध्य बनाउनका निम्ति संयुक्त राज्य अदालतको आदेश (पारस्परिक कानुनी सहायता सन्धि, पारस्परिक कानुनी सहायता सम्झौता वा rogatory पत्र मार्फत) आवश्यक पर्न सक्छ ।

गैर–अमेरिकी अनुरोधहरू हामी LERT@uber.com मा इमेलमार्फत वा Uber B.V., Burgerweeshuispad 301, 1076 HR, Amsterdam, The Netherlands को ठेगानामा व्यक्तिगत सेवा मार्फत स्वीकार गर्छौं । यसरी कानूनी प्रक्रिया स्वीकार गर्नुले उबरका कुनै पनि कानुनी प्रतिवाद गर्ने अधिकार त्याग गरेको वा सीमित गरिएको अर्थ लगाउँदैन र आवश्यक परेमा उबरले प्रतिवाद गर्ने अधिकार सुरक्षित राख्छ ।

उबरले ले कस्ता प्रकारका अनुरोधहरू स्वीकार गर्छ र अनुरोधहरुमा कारबाही प्रक्रिया कसरी गरिन्छ ?

अनुरोधको जवाफ दिनका लागि हामीले माथि उल्लेख गरिएको सम्बन्धित कानुनी प्रक्रिया मार्फत प्राप्त गर्नुपर्छ साथै आधिकारिक सरकारी डोमेनबाट आएको वैध रिटर्न इमेल ठेगाना (valid return email address) आवश्यक हुन्छ । हामी प्रत्येक अनुरोधको प्रारम्भिक र मुख्य वैधता जाँच गर्दछौँ र वैध नदेखिएका अनुरोधहरू अस्वीकार गर्दछौँ । विशेष गरी अनुरोधहरू कानूमी कार्यान्वयनको वैध आवश्यकतासँग सम्बन्धित हुनुपर्छ र अत्यधिक व्यापक, अस्पष्ट वा अनावश्यक भार पर्ने अनुरोधहरू अस्वीकार गरिन्छन् ।

तपाईको कानून प्रवर्तन अनुरोध वैध बनाउन र आवश्यकभन्दा बढी जानकारी माग नगर्ने सुनिश्चितका निम्ती हामी देहायम बमोजिमको माग गर्दछौँ:

  • पर्याप्त रूपमा सीमित/परिभाषित समय अवधि;
  • विषयले गरेको विशिष्ट घटना वा कार्य;
  • स्पष्ट पहिचान (जस्तै प्रयोगकर्ता वा चालक साझेदारलाई अलग्गै रूपमा पहिचान गर्न सकिने विवरण)।

हामी कानून प्रवर्तन निकायहरुलाई जानकारी खुलासा गर्न आवश्यक भएको अवस्थामा मात्र डेटा उपलब्ध गराउँदछौ । त्यस्तो अवस्थामा हामी यथासम्भव उपलब्ध र पुनःप्राप्त गर्न सकिने डेटा खोजी गरी उपलब्ध गराउँदर्छौं ।

उबरले आपतकालीन अनुरोधहरु कसरी व्यवस्थापन गर्दछ ?

हामीसँग आपतकालीन आधारमा गरिने अनुरोधहरूको मूल्याङ्कन गर्ने प्रक्रिया रहेको छ जहाँ कुनै प्रयोगकर्ता, चालक साझेदार, वा तेस्रो पक्षलाई जोगाउन वा मृत्यु वा गम्भीर शारीरिक क्षतिको तत्काल खतरा हुने गैरकानुनी गतिविधि रोक्न आवश्यक पर्ने अवस्था हुन्छ । अनुरोधकर्ताहरूले आपतकालीन अनुरोध फारम (Emergency Request Form) पेश गर्नुपर्छ, जुन Uber B.V. को LERT@uber.com

मार्फत माग गर्न सकिन्छ । उक्त फारममा आपतकालीन अवस्थाको विस्तृत विवरण समावेश गर्नुपर्ने हुन्छ र हामी यस्ता अनुरोधहरू प्रत्येक मुद्दाका आधारमा समीक्षा गर्दछौँ ।

कानून प्रवर्तन निकायहरूले आपतकालीन अनुरोध LERT@uber.com मा इमेल गरेर पेश गर्न सक्छन् । कृपया ध्यान दिनुहोस् कि हामी केवल कानून प्रवर्तन निकायहरूबाट आएका आपतकालीन अनुरोधहरूको मात्र समीक्षा र प्रतिक्रिया दिने गर्छौँ र अन्य व्यक्तिहरूबाट आएका अनुरोधहरूको जवाफ दिइने छैन । गैर-कानून प्रवर्तन व्यक्तिहरूले आपतकालीन अवस्था देखेमा तुरुन्तै स्थानीय कानून प्रवर्तन निकायसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्छ ।

के उबरले कानून प्रवर्तन अनुरोधबारे सम्बन्धित व्यक्तिलाई जानकारी दिन्छ ?

हामी सम्बन्धित व्यक्तिलाई उनीहरूको जानकारी कानून प्रवर्तन निकायलाई उपलब्ध गराउनुअघि सूचना दिन सक्छौं यद्यापि कानूनले त्यस्तो सूचना प्रदान गर्न निषेध गरेको अवस्थामा वा आपतकालीन अवस्था जस्ता विशेष परिस्थितिहरू बाहेकको अवस्थामा जानकारी प्रदान गरिदैँन । यदि कानून प्रवर्तन अधिकारीहरूले सूचना प्रदान गरिदिनाले अनुसन्धानमा असर पार्न सक्छ भन्ने विश्वास गर्छन् भने उनीहरूले सूचना निषेध गर्ने व्यवस्था भएको उपयुक्त कानूनी प्रक्रिया वा अदालतको आदेश प्राप्त गर्नुपर्छ।

के उबरले प्रमाणीकरण प्रमाणपत्र वा विशेषज्ञ राय प्रदान गर्छ ?

हामी हाम्रो अभिलेख संरक्षककर्ता बाट प्रमाणिकरण प्रदान गर्न सक्छौं तर सामान्यतया व्यक्तिगत रूपमा उपस्थित भई बयान दिने वा विशेषज्ञ साक्षीको राय प्रदान गर्न सक्दैनौं । कानून प्रवर्तन अधिकारीहरूले यी दिशानिर्देशबारे प्रश्न भएमा Uber B.V. लाई LERT@uber.com मा सम्पर्क गर्न सक्छन् । कृपया ध्यान दिनुहोस् कि यो इमेल ठेगानामा गैर-कानून प्रवर्तन सम्बन्धी अनुरोधहरूको जवाफ दिइने छैन । गैर-कानून प्रवर्तन सम्बन्धी जानकारीका लागि Guidelines for Third Party Data Requests यहाँ हेर्नुहोस् ।